नियम १६
आरक्षभित्र सवारी चलाउँदा पालन गर्नु पर्ने शर्त
आरक्षभित्र सवारीको साधन चलाउने व्यक्तिले देहायको कुराहरूको अधिनमा रहेर मात्र सवारी चलाउनु पर्नेछ;-
(क)   पाँच टनभन्दा बढी वजनको सवारी चलाउन पाइने  छैन ।
तर आरक्षभित्र कुनै सरकारी परियोजना सम्बन्धी निर्माण कार्य गर्नु परेमा नेपाल सरकारले पाँच टनभन्दा बढी ओजनको सवारी चलाउन स्वीकृति दिन सक्नेछ ।
(ख)   सवारीको साधन, पैदल यात्रु वा अन्य वस्तुहरूको आवागमनमा वाधा पर्ने गरी सवारी चलाउन वा अङ्याई राख्नु हुँदैन ।
(ग)   हर्न बजाउन वा तोकिएको भन्दा बढी गतिमा सवारी चलाउन
हुँदैन ।
(घ)   नियम १९ को उपनियम (३) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी चलाउन हुँदैन ।